2011년 4월 11일 월요일

"स्वयम्भु स्तुपा " धिमे बाजागाजा सहित रयाली 2011

ज्वोजलप्पा पासापिं सबैलाई भगवान बुद्धको आसिर्बादले सन्चै होला भनेर आशा गर्दछु Iशान्तिका अग्रदुत भगवान बुद्धको जन्म जयन्ति आउँदो २०११ मे ७ र ८ तारिख कोरिया भरि मनाउन लागिएको जानकारी गरौन्दछ I. सो दुई दिन कोरिया भरिका मानिसहरुले लोटस लालटिन फेस्टिवल मनाउदै छन् I सोहि अबसर पारी २०११ मे ७ ,शनिबारका दिन सउलको दोंगुक बिश्वोबिद्यालय देखि लिएर जोंगाकसम्मको लोटस लालटिनर्याली तथा मे ८ , आइतबारका दिन बुद्ध मार्गी प्रमुख बौद्ध संघ, राष्ट्रिय तथा अन्तरास्ट्रिय संस्थाहरुले छोग्येसा गुम्बा अगाडी बौद्ध प्रदर्शनीको योजना हुँदैछ I बिगत ४ वर्ष देखि नेवाः पुचः दक्षिणकोरियाले निरन्तर रुपमा बौद्ध प्रदर्शनीमा " बुद्ध- नेपालमा जन्मेको" कुरालाई प्रचार गर्दै आएको थियो भने रर्यालीमा नेपाल बौद्ध संस्कृतिको महत्त्वपूर्ण धरोहर "स्वयम्भु स्तुपा "को लालटिनलाई धिमे बाजागाजा सहित रर्याली गर्दै आएको कुरा यहाँहरु समक्ष स-गौरव जानकारी गराउन्दछौं I यी सबै प्रोग्रामहरु हजुरहरुको साथले गर्दा नेवाः पुचः दक्षिणकोरियाले सफलताका साथ सम्पन्न गर्न सकेको थियो I यसपाली यो प्रोग्राम २०११ मे ७ र मे ८ का दिन हुन लागेको छ र सो प्रोग्रामलाई बिगतका प्रोग्राम जस्तै सफल पारिदिनु हुन नेवाः पुचः दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछI विस्तृत बिबरणका लागि सम्पर्क फोन नं ०१०-२४२०-०३८९, ०१०-२२२२-९०३३ , ०१०-८६९२-७२९३ , ०१०-२८९१-८६४२, ०१०-२६९४-५७६० गर्नु होला I

댓글 없음:

댓글 쓰기