2011년 5월 18일 수요일

२५५५ औँ बुद्ध जयन्तिको अवशरमा बुद्ध जन्मिएको देश भारत होइन नेपालनै हो भन्दै कोरियामा ब्यापक प्रचार प्रसार

मे ७ तारिक दक्षिण कोरियामा - शनिवार र आइतवार दूई दिन दक्षिण कोरियाको राजधानि सउल स्थित छोगेसाको नामले चिनिने बुद्ध गुम्बाको आसपासमा विभिन्न राष्ट्रका बुद्ध धर्मावलम्विहरुले नेपालमा जन्मिएका शान्तिका दुत गौतम बुद्धको २५५५औँ बुद्ध जयन्ति भब्यरुपमा मनाएका छन् ।
बुद्धिष्ट संघ कोरियाले प्रत्येक वर्ष आयोजना गर्ने उक्त बुद्ध महोत्सवमा उपस्थित भक्तालुहरुले बिशाल शान्ति र् यालि निकालेर आ-आफ्नो राष्ट्रका भेष भुषा नृत्यकला तथा परेट खेल्नुका साथै बिभिन्न कार्यक्रमको आयोजना गरि बुद्ध जयन्ति कार्यक्रमलाई आकार्षक र हर्षोल्लाश बनाएका थिए ।



लाखौको संख्यामा उपस्थित भएका भक्तालु तथा पर्यटकहरुले सो अवसरमा विभिन्न राष्ट्रले देखाएका अन्तराष्ट्रिय आकर्षक प्रदर्शनहरुलाई रुचिका साथ अवलोकन गर्नुका साथै भरपूर्ण मनोाजन लिएका थिए । उक्त अवसरमा शान्तिका दुत भगवान गौतम बुद्ध जन्मिएको देश नेपाल नभै भारत हो भनेर भ्रममा रहेका कोरियन तथा अन्य मुलुकका हजारौ बिदेशी नागरिकहरुलाई बुद्ध भारतमा नभै नेपालमानै जन्मिएको हो भन्ने प्रस्ट तथ्य दिदै नेपालीहरुले प्रचार प्रसार गरेका थिए । सनिवार बेलुका नेपालीहरुले निकालेको शान्ति र् यालिमा सहभागिता जनाउँन नेपाली राजदूत कमल प्रसाद कोइराला नेपाल पर्यटन बोर्ड कोरियाका प्रतिनिधी केपी सिटौला नेपाली संम्पर्क समितिका अध्यक्ष डेविड राई जनजाति महासंघका अध्यक्ष चंङ्ग कुमार गुरुङ्ग छाविय चिवकी आमा लगायत कोरियामा कृयाशिल नेपाली संघ सस्थाका प्रतिनिधीहरु र अन्य नेपाली समुदायले पनि भाग लिएका थिए । बौद्ध परिवारले आइतवार सबेरै देखी स्टलहरु राखेर चिया नास्ता विकि्र बितरणमा जुटेका थियो भने नेवा पःुचले बुद्धको पुजा आरधना गरेर प्रचार प्रसारमा जुटेका देखिन्थिए । कार्यक्रममा यूवाहरुद्धारा नव स्थापित सस्था योङ्ग स्टार ग्रुपको सकृयतामा नेपाली यूवाहरु सयूक्तरुपमा बुद्ध नेपालमा जन्मिएका हुन भन्ने ठोस तथ्य दिदै पोस्टर पम्प्लेट बितरण गरेका थिए ।


उक्त अवशरमा नेवा पुच द्धारा स्वयम्बू चैत्यको स्तुपा वनाई र् यालिको सोभा बढाएका थियो भने नेपाल बौद्ध परिवारले बुद्ध नेपाल भन्ने आकर्षक स्तुपा बनाएर प्रचार प्रसार गरेको थियो ।विभिन्न संध संस्था तथा कोरियामा बिभिन्न पेसामा आवद्ध नेपालीहरुको सहभागितामा राष्ट्रिय तथा जातिय पोशाकहरु लगाई व्यानर तथा राष्ट्रिय झण्डा सहित भाग लिएका थिए सो अबसरमा महामहिम राजदूत कमल प्रसाद कोइरालले शान्तिका अग्रदुत भगवान गौतम बुद्धको प्रचार प्रसारमा सहभागी सम्पूर्ण नेपालीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

2011년 4월 11일 월요일

"स्वयम्भु स्तुपा " धिमे बाजागाजा सहित रयाली 2011

ज्वोजलप्पा पासापिं सबैलाई भगवान बुद्धको आसिर्बादले सन्चै होला भनेर आशा गर्दछु Iशान्तिका अग्रदुत भगवान बुद्धको जन्म जयन्ति आउँदो २०११ मे ७ र ८ तारिख कोरिया भरि मनाउन लागिएको जानकारी गरौन्दछ I. सो दुई दिन कोरिया भरिका मानिसहरुले लोटस लालटिन फेस्टिवल मनाउदै छन् I सोहि अबसर पारी २०११ मे ७ ,शनिबारका दिन सउलको दोंगुक बिश्वोबिद्यालय देखि लिएर जोंगाकसम्मको लोटस लालटिनर्याली तथा मे ८ , आइतबारका दिन बुद्ध मार्गी प्रमुख बौद्ध संघ, राष्ट्रिय तथा अन्तरास्ट्रिय संस्थाहरुले छोग्येसा गुम्बा अगाडी बौद्ध प्रदर्शनीको योजना हुँदैछ I बिगत ४ वर्ष देखि नेवाः पुचः दक्षिणकोरियाले निरन्तर रुपमा बौद्ध प्रदर्शनीमा " बुद्ध- नेपालमा जन्मेको" कुरालाई प्रचार गर्दै आएको थियो भने रर्यालीमा नेपाल बौद्ध संस्कृतिको महत्त्वपूर्ण धरोहर "स्वयम्भु स्तुपा "को लालटिनलाई धिमे बाजागाजा सहित रर्याली गर्दै आएको कुरा यहाँहरु समक्ष स-गौरव जानकारी गराउन्दछौं I यी सबै प्रोग्रामहरु हजुरहरुको साथले गर्दा नेवाः पुचः दक्षिणकोरियाले सफलताका साथ सम्पन्न गर्न सकेको थियो I यसपाली यो प्रोग्राम २०११ मे ७ र मे ८ का दिन हुन लागेको छ र सो प्रोग्रामलाई बिगतका प्रोग्राम जस्तै सफल पारिदिनु हुन नेवाः पुचः दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछI विस्तृत बिबरणका लागि सम्पर्क फोन नं ०१०-२४२०-०३८९, ०१०-२२२२-९०३३ , ०१०-८६९२-७२९३ , ०१०-२८९१-८६४२, ०१०-२६९४-५७६० गर्नु होला I

बुद्ध जयन्ति स्वयम्भु जात्रा २०१०





2009년 7월 6일 월요일

Newa Bhoj 2008





















Felicitating Padma Ratna Tuladhar

Newah Pucha , South Korea and Nepal Indeginous Soceity jointly felicitating Former Health Minister Padma Ratna Tuladhar for his important role to unite Newa people and to introduce Newa in the world. Here are some pictures:-







































2009년 6월 29일 월요일

Newah Puchha welcomes Padma Ratna Tuladhar





Former Health Minister and Human rights' activist Padma Ratna Tuladhar had arrived in South Korea.He was welcomed at airport by Suman Rai, President of Pragatisil morcha, Former president of same party Manoj Karki, Nepal Samparka Samittee's President David Rai and Newah Pucha,President Rev.Nabin Bajracharya etc. He had arrived to South korea to attend 2nd general conference of Nepal pragatisil Morcha. Newa Puchha and Adibasi Janajati samgh jointly organazing felicitation program on coming June 5th, 13:00, in Jingak Buddhist Order's Thapchu Monastery(Sub-way Station line 6, Wolgok station exit gate no. 3, 5 mins walk)